नियम १८
धितोपत्र दर्ता गर्नु पर्ने
(१) धितोपत्र दर्ता गराउनको लागि नियम १७ बमोजिम कुनै संगठित संस्थाको निवेदन प्राप्त हुन आएमा बोर्डले निवेदनसाथ संलग्न विवरण तथा कागजातहरूको आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो धितोपत्र अनुसूची–६ बमोजिमको धितोपत्र दर्ता किताबमा दर्ता गरी सम्बन्धित संगठित संस्थाको नाम, ठेगाना, कारोबारको किसिम, पूँजीको विवरण तथा अन्य आवश्यक कुराहरू समेत जनाई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम धितोपत्र दर्ता गर्ने सम्बन्धमा निवेदनसाथ संलग्न विवरण तथा कागजातहरू जाँचबुझ गर्दा आवश्यक देखिएका अन्य थप विवरण तथा कागजातहरू समेत पेश गर्न बोर्डले सम्बन्धित संगठित संस्थासंग माग गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम बोर्डले मागेको थप विवरण तथा कागजातहरू पेश नगरेसम्म त्यस्तो संस्थाको धितोपत्र दर्ता गरिने छैन ।